बैशाखदेखि श्रीलङ्काका सबै विद्यालय खुल्ने

मंगलबार, चैत ३, २०७७
Global Ime Bank

कोलम्बो । श्रीलङ्काका सवै विद्यालयहरू आगामी अप्रिलदेखि खुल्ने भएका छन् ।  शिक्षा मन्त्रीले अप्रिल १९ देखि सबै विद्यालयहरू खोल्न आवश्यक तयारी भइरहेको जानकारी दिए । कोरोनाभाइरसको दोस्रो चरणको महामारीका कारण श्रीलङ्कामा गत अक्टोबरदेखि आइतबारसम्म विद्यालयहरू बन्द गरिएको थियो ।  कक्षा ५, ११ र १३ सोमबारदेखि सञ्चालन गरिएको छ भने अरु कक्षा अप्रिल १९ देखि सुरु हुने सरकारी अधिकारीहरूले जनाएका छन् ।   स्थानीय सिन्हला र तमिल समुदायको नयाँ बर्षपछि मात्रै सवै अध्ययन अध्यापन कार्य सुरु गर्नु उपयुक्त हुने ठानेर १९ अप्रिल देखि सुरु गर्ने निर्णय भएको हो । विद्यालयहरू सवै खोल्नु अगाडि सवै विद्यालयहरूलाई आधारभूत स्वास्थ्य मापदण्ड पुरा गर्न लगाइने र सञ्चालनका बेलामा ती सवै मापदण्ड पालना गर्नु पर्ने व्यवस्था गरिने भएको छ । श्रीलङ्कामा कोरोनाभाइरसबाट अहिलेसम्म ८७ हजार ९०७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ५२७ जनाको मृत्यु भएको छ । महामारी नियन्त्रणका लागि देशमा अहिले कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान पनि सुरु गरिएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०४:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार