एमालेले भोलि निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गर्दै, पार्टी कार्यालय सारिने

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख  । नेकपा एमालेले भोलि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ । ७४ औं स्थापना दिवसको अवसरमा भोलि एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

तुल्सीलाल स्मृति भवन च्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यालय स्थानान्तरण तथा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  २२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार