मेयरमा उठ्न प्रदेशसभा सदस्य पदबाट राजिनामा

बिहीबार, वैशाख ८, २०७९

बागमती, ८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजिनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट आज राजिनामा दिएको उनले जानकारी दिए ।  चितवनको क्षेत्र नं २ को ९ख० बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले आज प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखितरुपमा आफ्नो सदस्य पदबाट राजिनामा पत्र बुझाएको जानकारी दिए।–रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार