मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

बिहीबार, वैशाख ८, २०७९

मुगु, ८ वैशाख । मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न निर्वाचन कार्यालय मुगुले जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यस्तै, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले बिहीबारदेखि मुगुसहित देशभरी नै जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याउन लागेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायधिस पुण्यप्रसाद सापकोटाले बताए । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार