सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ, ८ वैशाख । स्थानीय तह निर्वाचनका लागि लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश शिवप्रसाद खनालले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाएको बताए । लमजुङ सदरमुकाम बेसीसहरमा रहेको जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय राखिएकाे हाे । लमजुङ जिल्लाका सबै आठ स्थानीय तहमा पनि आजै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए। लमजुङमा चार गाउँपालिका र चार नगरपालिका रहेका छन् ।