चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर तामाङले दिए राजीनामा  

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ७ वैशाख । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिंह तामाङले राजीनामा दिएका छन् । माओवादी केन्द्रका तर्फबाट मेयरमा विजयी भएकाले उनले पदबाट राजीनामा दिएका नगरपालिकाका कार्यकारी अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए ।  नगरपालिकाको बैठकमा उपमेयर जानुका पराजुलीले मेयर तामाङले राजीनामा दिएको जानकारी गराएको कार्यकारी अधिकृत पौडेलले बताए । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले निर्वाचित जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । ११ र १२ वैशाखमा मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार