आयोगले दियो ४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख। निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।  निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । अनुमति पाएका ४४ वटा संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले निर्वाचनको पर्यवेक्षण गर्ने आयोगले जनाएको छ । 

‘अनुमति पाएका संस्थाका पर्यवेक्षकले तोकिएको मतदान स्थलमा पर्यवेक्षण गर्नेछन् । आफ्नो नामावली भएको स्थानमा उनीहरुले पर्यवेक्षण गर्न पाउने छैनन्,’ पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भने ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार