मोरङका विपन्न विद्यार्थीलाई झोलासहित शैक्षिक सामग्री 

आइतबार, चैत १, २०७७

मोरङ । हाम्रो समाज, लायन्स र लियो क्लब मिल्स एरिया विराटनगरले विपन्न परिवारका बालबालिकालाई विद्यालय झोला, औजार बक्स र शैक्षिक सामग्री वितरण गरेको छ । विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब एवं पिछडिएका क्षेत्रका  छात्रछात्रा ३० जनालाई वितरण गरिएको हो ।  महानगरपालिकाका प्रमुख भीम पराजुलीले झोला वितरण गर्दै नगरका सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न एवं अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि विगत दुई वर्षको अवधिमा १० विद्यालयलाई रु ५०÷५० लाख वितरण गरेको जानकारी दिए । उनले युवायुवतीलाई स्वदेशमा रोजगार उपलब्ध गराउनका लागि आवश्यक प्राविधिक शिक्षाका लागि महानगरले दुई विद्यालयमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको बताए ।  हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा, नेपाल पत्रकार महासङ्घ जिल्लाका अध्यक्ष बन्धु पोखरेल, दीपेन्द्र अमात्य, लायन्स क्लबका कैलाश साहले सामाजिक कार्यमा आगामी दिनमा थप सहयोग वढाउने प्रतिबद्धता व्यक्त गरे ।– रासस
 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ०७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार