बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मुसरीमाई मन्दिर नजिक बिहीबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पर्साको विरगञ्ज महानगरपालिका–३१ का ३२ वर्षीय रमेश चौलागाई रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको हो ।  सिमराबाट रामवनतर्फ जाँदै गरेको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल आज बिहान पौने ७ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार