काठमाडौंबाट चार राउण्ड गोली र नक्कली सुनसहित बिभिन्न सामानहरु बरामद

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।  उनको कोठाबाट पहेलो रङको एक थान धातु लगायत बिभिन्न सामानहरू पनि बुधबार दिउँसो बरामद गरिएको प्रहरीले जनाएको छ ।  तामाङको कोठा खाली गराउने क्रममा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेत रहेको प्रहरीको टोलीले रीतपूर्वक जाँच गर्दा उक्त सामानहरू फेला परेको हो । 

उनको कोठाबाट नेपाली सेनाको एक थान हरियो जर्सी, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको एक थान, केशव बहादुर धानुकको नामको राहदानी, मोबाइल ४ थान, छाप एक थान, बिभिन्न ब्यक्तिका नामको चेकहरू,  बिभिन्न ब्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली एक थान र अन्य कागजातहरु बरामद भएको प्रहरीले जनाएको छ ।  बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार