नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं, ८ वैशाख । नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका–१३ धनेवामा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतिय नागरीक ५३ वर्षीय रबिन्द्रनाथ पाठक रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्ता स्थित सहिद स्मृती सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।  हिजो बेलुकी सवा ८ बजे भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार