महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक

बिहीबार, वैशाख ८, २०७९

काठमाडाैं, ८ वैशाख । आसन्न स्थानीय तहकाे निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)काे सचिवालय बैठक आज बिहीबार बस्दैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र  जनता समाजवादीसहित सम्मिलित सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा पार्टीबाट उम्मेदवारका लागि सिटबाँडफाँट गरेकाे भाेलिपल्ट एमालेले सचिवालय बैठक डाकेकाे हाे ।  एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ । उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । स्थानीय तहकाे निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।

सल्लाहकार परिषद्‌काे बैठक पनि बस्दै

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक पनि आज बस्दैछ । बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस, शंखमुलमा बस्न लागेकाे हाे । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बैठक बस्न लागेकाे हाे ।

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार