तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

बुधबार, वैशाख ७, २०७९

तनहुँ, ७ वैशाख  । तनहुँमा मोटरसाइकाल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका   छन् ।  शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका–८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार