कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा ९ जना आकांक्षी

मंगलबार, वैशाख ६, २०७९

पोखरा, ६ वैशाख  । नेपाली कांग्रेसबाट माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नाै जनाले आकांक्षा देखाएका छन् । उपाध्यक्षमा भने ६ जनाले नाम टिपाएका छन् ।अध्यक्षका लागि पालिका सभापति तथा वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङ, नेताहरु खुशीमान गुरुङ, मीनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, टेकनशोभा गुरुङ, दीपकराज पौडेल, केशवराज अधिकारी, कृष्णकुमारी गुरुङ र विष्णुबहादुर क्षेत्रीको दाबी छ ।उपाध्यक्षमा सीता अधिकारी, लक्ष्मी लम्साल, मीनादेवी सुवेदी, पूमाकुमारी शर्मा पौडेल, जुना कुमारी जिसी र गीता क्षेत्रीको आवेदन परेको कांग्रेसले जनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि कांग्रेसले आन्तरिक रुपमा आफ्नो उम्मेद्वार खोजी थालेको हो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार