दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश 

मंगलबार, वैशाख ६, २०७९

सुर्खेत , ६ वैशाख ।         डोल्पामा दुई गाउँपालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी केन्द्र)मा प्रवेश गरेकाछन् ।
साेमबार साँझ एक विज्ञप्ति जारी गर्दै एमालेबाट निर्वाचित काईके गाउँपालिका अध्यक्ष अंगत राना र एमालेका जिल्ला कमिटी सदस्य रहेका छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले समाजवादीमा प्रवेश गरेको बताएका हुन् ।अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए । संविधान, लोकतन्त्र, गणतन्त्र संस्थागत गर्न माधव नेपालले सही कदम चालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार