माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले पार्टी छाडे

सोमबार, वैशाख ५, २०७९

दाङ, ५ वैशाख । माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी त्यागेका हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार