सुर्खेत र डाेल्पामा उम्मेद्‌वारप्रति जनताकाे आक्राेश- हामीलाई भाेट बैंक सम्झने ?

सोमबार, वैशाख ५, २०७९

सुर्खेत , ६ वैशाख । स्थानीय तह निर्वाचनपछि  नेताहरु आफ्नो आँगनमा आएको देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाहीलाई अचम्म लागेको छ । फोन गर्दा पनि रिसिभ नगर्ने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय अहिले गाउँमा आएर भोट माग्न सर्मथक पठाएपछि शाहीलाई अचम्मा लागेको छ । गएको स्थानीय तहको चुनावमा मुड्केचुलाबाट माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाई झिनो मतले पराजित गरेका थिए । उनै राेकायले अहिले स्थानीय तहको चुनावमा उम्मेदवार घाेषणा गर्दै आफ्ना कार्यकर्ता परिचालन गरेर भारत गएका आफन्तलाई घरमा बाेलाउन र आफूलाई भोट दिन आग्रह गरेकाे देख्दा अचम्मा परेको शाहीले बताए ।

रोकाय एमाले डोल्पाका सचिव हुन् । उनी निर्माण व्यवसायी पनि हुन् । चुनाव हारेपछि गाउँमा कहिलै नआएका रोकाय एकैपटक उम्मेदवार बनेर गाउँ, गाउँमा केही कार्यकर्ता परिचालन गरी भोट माग्दा आफूहरू चकित परेको नर्कुका शर्मलाल शाहीले बताए । 'चुनाव हारेपनि हाम्रो घर दैलोमा आएर नियमित सम्पर्कमा रहनु पर्थ्याे । तर, रोकायको त्यस्तो गरेनन्,'  शाहीले भने । एमाले र माओवादीका मात्र हाेइन अहिले कांग्रेसका नेता कार्यकर्ताहरू पनि गाउँमा बल्ल देखिन थालेको अर्का स्थानीय सोमराज शाहीले बताए । चुनाव हार्नेबित्तिकै ठाउँ नै छोडेर भाग्ने अनि उम्मेदवार बनेपछि समर्थक बीचमा गाउँ आएर हल्ला गर्ने तरिकाले गर्दा जनता भोट बैंक मात्र ठानेकाे भन्दै शाहीले आक्राेश पाेखे । 

जनताको घर दैलोमा पाइला नटेक्ने चुनावआएपछि भारतसहित अन्य देश गएकालाई बाेलाउन र आफ्नाे पार्टीलाई भाेट दिन आग्रह गरेका नेताहरूले जनतालाई प्रयोगको साधन तथा भाेट बैंककाे रुपमा लिएकाे सुर्खेत सिम्ता गाउँपालिका गोजीका राम केसीले बताए ।  घरदैलाेमा आएका नेता तथा कार्यकर्ताले राेजगारी, विकासका भन्दा पनि  एकअर्काे दलका नेतालाई गाली मात्र गरेकाे देख्दा आफूहरूलाई दिक्क लागेकाे स्थानीय बताउँछन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार