माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

सोमबार, वैशाख ५, २०७९

दाङ, ५ वैशाख । माछा मार्न बनाएको बम पड्किँदा  लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् ।  घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो ।  बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ११:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार