पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत 

सोमबार, वैशाख ५, २०७९

पाल्पा, ५ वैशाख । पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् ।  ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ ।  सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।  बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार