कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सोमबार, वैशाख ५, २०७९

कपिलवस्तु, ५ वैशाख । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् ।  मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।  मोटरसाइकल सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार