सप्तरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु 

सोमबार, वैशाख ५, २०७९

सप्तरी, ५ वैशाख । सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका–४ बनौलिमा आइतबार मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृत्यु भएको छ ।  आइतबार बेलुकी पौने ८ बजे स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्मा गम्भिर घाईते भएका थिए ।  उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।  मोटरसाईकल नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय महुलिले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार