एमाले सचिवालय बैठक बस्दै

सोमबार, वैशाख ५, २०७९

काठमाडौं, ५ वैशाख : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार साँझ साढे ६ बजेका लागि बोलाइएको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र लगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए । 

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ । 

उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्याे एमाले ललितपुर

नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ ।
एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएकाे छ । अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएकाे हाे ।

क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलकाे संयाेजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।

एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गर्नेछ ।  उनले भने, ‘संस्थागत र विधिवत ढंगबाट उम्मेदवार सिफारिस गर्न कार्यदल बनाएका हाैं । उपयुक्त व्यक्तिलाई छिट्टै सिफारिस गर्छाैं ।’

महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईंले पनि आफूहरुलाई अन्तर्वार्ताका लागि पार्टीले बोलाएको बताए । 

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार