राजधानीमा सुरु भयो भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी

सभामुख अग्नि सापकोटाले दिए सहयोगकाे बचन 
आइतबार, वैशाख ४, २०७९

काठमाडौं, ४ वैशाख। अखबारको कोलममा मात्र सिमित रहेका कार्टुनिष्टहरू आइतबार कोलमबाट बाहिर निस्केर प्रदर्शनी हलसम्म पुगेका छन् । काटुनिष्टहरुलाई अखबारको कोलमबाट प्रदर्शनी हलसम्म ल्याउने कार्यको नेतृत्व गरेका छन्, कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले । 

Avatar
प्रायः अनौपचारिक पोशाक (क्याप, जिन्स सर्ट–पाइन्ट) सजिएर हसिमजाक गर्न मन पराउने बासु क्षितिज आइतबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको सभा हलमा भने गम्भिर मुद्रामा नेपाली पोशाक दौरा सुरुवाल एवम् भादगाउँले ढाका टोपीमा सजिएर कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूको स्वागतमा उभिएका थिए । 

Avatar
उनी तथा उनी नेतृत्वको कार्टुनिस्ट क्लबका पदाधिकारीको क्रियाशीलताकै कारण काठमाडौंमा आइतबारदेखि  ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी’ निसाना सुरु भएको छ । कार्टुनिस्ट क्लबले आयोजना गरेको कार्टुन प्रदर्शन तीन दिनसम्म चल्नेछ । 
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको सभाहलमा आयोजित कार्टुन प्रदर्शनी नयाँ तथा पुरानो पुस्ताका ३० जना कार्टुनिष्टहरूले कोरेका ५० वटा कार्टुन राखिएका छन् । कार्टुनिस्ट क्लबले प्रदर्शनीलाई मुलुकका सातवटै प्रदेशमा लैजाने योजना बनाएको छ । 

Avatar
‘भ्रष्टाचार हाम्रो राज्य र समाजको दीर्घरोग बनेको छ । भ्रष्टाचारको यो दीर्घरोग निर्मूल पार्न राज्य, समाज र नागरिक सबैको जिम्मेवारपूर्ण भूमिकाको आवश्यकता छ । त्यही जिम्मेवारीलाई बोध गर्दै जनमानसमा भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न निसाना शीर्षकमा कार्टुन प्रदर्शनी लिएर आएका हौं’ क्लबका अध्यक्ष बासु क्षितिजले शब्दपाटीसँग भने । ‘यो केवल प्रदर्शनी मात्र होइन भ्रष्टाचारविरुद्धको सिर्जनात्मक अभियानको सुरुवात पनि हो । हामीले यसलाई साङ्केतिक रुपमा प्रदर्शनमा ल्याएका छौं । यो सङ्केतलाई वास्तविकतामा उर्तान सम्पूर्ण कार्टुनप्रेमि भ्रष्टाचारविरोधी नागरिक समक्ष आग्रह पनि गर्दछौं’ उनले भने । अहिले सोसल मिडियाको जमान छ यहाँ आएर टिकटक बनाउन, फेसबुक पेजमा राखेर सेयर गर्न तथा आफ्ना साथीभाईलाई जानकारी दिएर समाजमा नराम्ररी जरा गाडेको भ्रष्टाचार अन्त्यका लागि सबैले पहल गर्नुपर्छ उनले मन्तव्यका क्रममा भने । 

Avatar
समाजमा भ्रष्टाचारको ग्राफ बढेको बढ्यै छ । भ्रष्टाचारले समाजमा हरेक पक्षमा यसरी जरा गाडेको छ कि भ्रष्ट प्रोत्साहित र सदाचार उल्टै निरुत्साहित हुन थालेको देखिन्छ । राज्यले राज्यको क्वालिटी गुमाएको छ । जिम्मेवार निकायका मानिस आफ्नो कर्तव्य भुलेर अकुत धन थुपार्नमा लागेका छन् यस्तो अवस्थामा समाजलाई सचेत बनाउन क्लबले कार्टुन प्रदर्शनी आयोजना गरिएको हो अध्यक्ष क्षितिजले भने । 

Avatar
प्रदर्शनीमा विभिन्न मिडियामा क्रियाशिल पाका पुस्ता तथा नयाँ पुस्ताले भ्रष्टाचारका कारण गिजोलेको समाजको चित्रण गरेका कार्टुनहरू राखिएका छन् । प्रर्दशनमा राखिएका सबै कार्टुनहरुका विषयवस्तुका बारेमा क्लबका अध्यक्ष  बासु क्षितिजले कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएका थिए । 
सभामुख सापकोटाले पनि सबै कार्टुनबारे जिज्ञासा राख्दै अभिरुची पूर्वक अवलोकन गरेका थिए ।
भ्रष्टाचारविरुद्धको काटुर्न अवलोकन गरेपछि आयोजित उद्घाटन कार्यक्रममा सभामुख अग्नि सापकोटाले तत्काल नियन्त्रणका नगर्ने हो भने भ्रष्टाचारले  देशलाई नै सिध्याइदिने खतरा रहेको भन्दै सरोकारवाला निकायलाई झकझकाए । 

Avatar
उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कार्टुन श्रृजनात्मक विधा भएको औंल्याउँदै एउटै कार्टुनको सन्देशले सबैलाई सतर्क बनाइदिने धारणा राखे । 
‘प्रदर्शनीमा राखिएका कार्टुनले हाम्रो अवस्था र नियती देखाएको छ’, अध्यक्ष पोखरेलले भने, ‘यस्तो बेला हामीले कहाँ छौ भनेर पहिचान नगर्दासम्म नेपालीको स्थिति सुध्रदैन ।’

 


 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार