निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छाैं : सर्वाेच्च 

आइतबार, वैशाख ४, २०७९

काठमाडौं, ४ वैशाख । आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको छ ।  आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए ।  उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनु भएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’  सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार