करेन्ट लागेर मृत्यु भएको युवाको आफन्तले बुझे शव

शुक्रबार, वैशाख २, २०७९

चरिकोट, २ वैशाख  । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् । बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको लापरवाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । निजको पशुपति चौँलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार