सुनको मूल्य ६ सयले बढ्यो

बुधबार, चैत ३०, २०७८

काठमाडौँ, ३० चैत । नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।   चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार