नागरिक लगानी कोषद्वारा आर्थिक सहयोग 

बिहीबार, फागुन २७, २०७७

काठमाडौं । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राजधानीको शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवासगृहलाई दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  उक्त रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक इन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गर्दै ज्येष्ठ नागरिकको आवास अधिकार पूरा गर्न केही हदसम्म भए पनि सहयोग गर्नु कोषको दायित्व भएको बताए ।  आवासगृहमा आश्रित वृद्धवृद्धालाई खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य सामान खरिदको लागि सो रकम उपयोग गरिने र त्यसबाट ३५ लाभान्वित हुने अपेक्षा गरिएको कोषले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७  ०६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार