चट्याङले लागेर  एक महिलाको  मृत्यु

आइतबार, चैत २७, २०७८

झापा, २७ चैत  । हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १८:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार