बारको अध्यक्षमा घिमिरेको अग्रता

बिहीबार, चैत २४, २०७८

 

काठमाडौँ, २४ चैत  । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन्  । हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उनले दुई हजार २१५ मत प्राप्त गरेका  छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गरेका छन्  ।

 प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ । आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ ।हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको  समूहको अग्रता कायम छ । महासचिवमा अञ्जिता खनालले  एक हजार ९५१मत ल्याउइन  भने  उनको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० छ । कोषाध्यक्षमा  भरतबहादुर राउतले दुई हजार १५१मत ल्याएको मा उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत प्राप्त गरेका  छन्  ।
 
    मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिइन् ।बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेकामा  सात हजार ४२९ मत खसेको थियो । 

 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार