बजेट अभावमा मदन भण्डारी राजमार्ग

बुधबार, चैत २३, २०७८

काठमाडौँ, २३ चैत  ।   झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ । 

चालु आवमा सरकारले रु दुई अर्ब ८० करोड बिनियोजन गरेको मदन भण्डारी राजमार्ग आयोजनाले जनाएको छ । हालसम्मको भौतिक र वित्तिय प्रगति ३३ प्रतिशत पुगेको छ । यस वर्षको बजेट न्युन छ र आगामी वर्षका लागि पनि त्यही अनुपातमा छुटाउने देखिएको आयोजना प्रमुख अशोक तिवारीले बताए  । उनले भने  “वर्षेनी चाहिनेभन्दा अति कम मात्रै पैसा छुट्टाएको छ ।”

आयोजना विसं २०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसको जम्मा लागत रु ७५ अर्ब रहेको छ । हालसम्म रु २४ अर्ब खर्च भएको आयोजनाले जनाएको छ । सरकारले वार्षिक बजेट रु दुइ÷तीन अर्बका दरले छुट्याउँदा सम्पन्न गर्न लामो समय लाग्नसक्ने उनले बताए  । 

आयोजनाले हेर्ने सडकमा ३६६ किमी सडकको ठेक्का व्यवस्थापन हुन बाँकी छ । चालु आवमा आयोजनाले ९० किमी सडक निर्माणका लागि ठेक्का व्यवस्थापनको सहमति मागेको थियो । तीन÷चार महिना पहिले सहमति मागिएको भए पनि अर्थ मन्त्रालयबाट अहिलेसम्म सहमति नआएको प्रमुख तिवारीले बताए  । उनले भने , “वार्षिक बजेट कम छुटाउने र थप बजेट माग गर्दा आउन नसक्दा लक्ष्यअनुसार काम गर्न सकिँदैन ।”

आयोजनाले चालु आवमा हालसम्म रु एक अर्ब ५० करोड  भुक्तानी गरिसकेको छ । हालसम्म आयोजनाले रु चार अर्ब २० करोड बराबरको काम गराइरहेको छ । चालु आवमा ८४ प्रतिशत प्रगति भइसकेको आयोजनाले जनाएको छ । यस वर्षको बजेटले लक्ष्यअनुसार सडक नै सम्पन्न नहुने तर थप पैसा हुँदा थप काम गर्न सकिने आयोजनाले जनाएको छ । 

आयोजनाले लक्ष्यभन्दा दोब्बरभन्दा बढी काम गर्न सक्ने भए पनि पैसा कम भएर गर्न गाह्रो भइरहेको प्रमुख तिवारीले बताए  । अझै दुई तिहाइ बजेट खर्च गर्न बाँकी रहेकाले यही अनुपातमा बजेट बिनियोजन गर्दा आयोजना सम्पन्न गर्न २० वर्ष लाग्नसक्ने उनले बताए  । 

चालु आवका कुनै पनि सडक कालोपत्र भइसकेका छैनन् । सडकका आधारको काम बेसको काम भइरहेको छ । चालु आवमा ४१ किमी सडक कालोपत्रको लक्ष्य रहेको र बजेट व्यवस्थापन हुँदा सकिने उनले बताए  ।  

लक्ष्यअनुसार सडक निर्माण गर्न ठेक्का व्यवस्थापनको सहमतिका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्नुपर्ने प्रमुख तिवारीले बताए  । अर्थमा रु छ अर्बको सहमति मागेको र आएको छैन । अहिले ठेक्का लागिसकेकामा रु नौ अर्ब भुक्तानी गर्न बाँकी छ । उनले भने , “काम गरेपछि भुक्तानी दिनुपर्छ ।” 

सडकको अधिकार क्षेत्र राइट अफ वोमा ठाउँठाउँमा समस्या भए पनि अहिले निर्माणको काम भइरहेको छ । निर्माणाधीन अरु सडकमा जस्तै यसमा बन क्षेत्रको समस्या भए पनि काम रोकिएको छैन । दुई लेन सडक सात मिटर र सल्जर, नालीगरेर सडकको चौडाइ ११ मिटर रहेको छ । 

पहिले राष्ट्रिय राजमार्गका आधारमा यसको चौडाइ ५० मिटर कायम भएको थियो । राजमार्ग ११ लेनमा बनिरहँदा पनि अझैसम्म ५० मिटर चौडाइभित्र पर्नै स्थानीयबासीको घरजग्गा रोक्का भएको थियो । अहिले सडकको क्षेत्र ९११ मिटर० मात्रै कायम गर्ने गरी फाइल उठाइएको प्रमुख तिवारीले बताए । उनले भने  “११ मिटरभन्दा बाहिरको क्षेत्रमा घरजग्गा रोक्का हुँदैन ।” 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्य गणेशकुमार पहाडीले सडकको ‘राइट अफ वो’को समस्या हट्दै गएको बताए  । उनले ऐनका आधारमा ५० मिटर कायम गरिने व्यवस्था भए पनि स्थानीयवासीको मागका आधारमा १५ मिटर कायम गर्न सुझाव दिइएको बताए  । पहिले ५० मिटर सडकको अधिकार र छ मिटर सडकमा नगरपालिकाले छाड्न लगाउँदा ६६ मिटर जग्गा छाड्नुपर्दा नागरिक मर्कामा थिए । उनले भने , “मापदण्ड कम गर्ने कुरा कार्यान्वयन हुनुपर्छ ।”

सरकारले प्राथमिताका दिएको आयोजना भएकाले बजेट व्यवस्थापनमा ध्यान दिइनुपर्ने सांसद् पहाडीले बताए  । उनका अनुसार सरकारले बजेट व्यवस्थापन गरेपछि मात्रै आयोजनाले ठेक्का व्यवस्थापन गरेर काम अघि बढाउन सक्छ । आयोजनाको पूर्वीखण्डमा निर्माण सक्ने लामो समय नलाग्ने देखिए पनि पश्चिम खण्डमा दुई वर्षमा नसकिने देखिएको उनले बताए  । 

राजमार्गको जम्मा लम्बाई एक हजार ३९० किमी रहेको छ । त्यसमध्ये आयोजनाले ७४० किमी सडकमा निर्माणको काम गरिरहेकोे छ । त्यस बाहेकका बाँकी सडक अरु निकायले गरिरहेका छन् ।  हालसम्म २४१ किमी सडक सम्पन्न भइसकेको छ भने ७७ पुल सम्पन्न भएको आयोजनाले जनाएको छ । विसं २०७५÷७६ मा शुरु भएकामा यो आयोजना २०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

नयाँ ट्र्याक खोल्नेभन्दा पनि पहिले नै सञ्चालनमा रहेका सडकलाई स्तरोन्नतिको काम यो राजमार्गमा बढी रहेको छ । विगतमा स्थानीय सडकका रुपमा रहेकालाई राजमार्गस्तरमा स्तरोन्नतिको काम बढी भएको छ । पूर्वपश्चिम जोड्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग, मध्यपहाडी  पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग पछि चौथो राजमार्गका रुपमा यो राजमार्ग रहेको छ ।  
रासस 

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार