केही स्वार्थी मान्छेले केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए : केपी ओली 

मंगलबार, चैत २२, २०७८

वीरगञ्ज, २२ चैत । एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् । वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् । ‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’ 
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार