सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २२ चैत । स्थानीय तहको निर्वाचन आचारसंहितामा लिखित प्रतिबद्धता जनाउन निर्वाचन आयोगले बोलाएको सर्वदलीय छलफलमा दलका प्रतिनिधिले नाराबाजी गरेका छन् । बोल्न नपाएको भन्दै दलका प्रतिनिधिहरुले आयोगविरुद्ध नाराबाजी गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बैठकमा सहभागी दलका प्रतिनिधिहरुलाई संयमित भएर बस्न आग्रह गरे पनि दलका प्रतिनिधिहरुले उनको आग्रहलाई वेवास्ता गर्दै नारावाजी गरेका हुन् ।