सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, चैत २२ । उदयपुरको बेलका नगरपालिकामा, ३ मा १५ वर्षीया कविता सुनुवारको शव फेला परेको छ । साथै अनुसन्धानको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान साढे चार बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी १५ वर्षीया किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहाल बताए । उनी श्री कोसी जनता उच्च मावि रामपुरमा कक्षा १० मा पढ्थिइन । स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । घरभन्दा करिब दुई किलोमिटर टाढा रहेको खोल्साको किनारमा शव भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘हामी घटनास्थलमै छौँ । हत्या गरेकोजस्तो देखिन्छ । थप अनुसन्धान भइरहेको छ’, दाहालले जाकारी दिए