रमेश सिलवालको मुद्दा सिन्हा र रेग्मीले सुनुवाइ गर्ने

मंगलबार, चैत २२, २०७८

काठमाडौं, २२ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले दायर गरेको रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । १५ चैतमा न्यायाधीशहरू हरिकृष्ण कार्की र टंबहादुर मोक्तानको संयुक्त इजलासले सिलवालको कार्यसम्पादन फाइन मगाउन सरकारको नाममा आदेश दिएको थियो । सिलवाललाई १ कात्तिकमा सरकारले कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सदस्यसचिव पदबाट बर्खास्त गरेको थियो ।  बर्खास्तपछि गत १३ मंसिरमा टंकलाल घिसिङलाई राखेपको नयाँ सदस्य सचिवमा नियुक्त गरेको थियो । सिलवालले रिटमार्फत सदस्य सचिवमा घिसिङको नियुक्ति बदर गर्न र आफूलाई पुनः बहाली गर्न माग गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  १२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार