ललितपुर जिल्ला सहकारी संघमा केदार गोर्खालीको प्यानलै विजयी 

सोमबार, चैत २१, २०७८

ललितपुर, २१ चैत । ललितपुर जिल्ला सहकारी संघ लिमिटेडको ३० औं वार्षिक साधारण सभाले केदार गोर्खालि नेतृत्वको समूहलाई चयन गरेको छ ।  ललितपुर सहकारी कर्मीहरुले आइतबार संघको नयाँ नेतृत्व चयनका लागि मतदान गरेका थिए । सोमबार बिहान घोषणा भएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा केदार गोर्खाली, उपाध्यक्षमा राम शरण बस्नेत, महिला उपाध्यक्षमा शशी खड्का गुरूङ, सचिवमा अनिल वीर बज्राचार्य, कोषाध्यक्षमा रूपेश तिमल्सिना बिजयी भएका छन् । यस्तै निर्वाचनबाट महिला सदस्यहरुमा सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिं तथा शर्मिला तिमल्सिना बिजयी भएका छन् । 
निर्वाचनले संचालक समिति (संघ) तर्फ  पुरुषोत्तम बजगाई, खुला सञ्चालक समितितर्फबाट नव राज बिष्ट, शम्भु प्रसाद पौडेल, राम भक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन चुनेको छ ।  यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा  बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जनलाई चयन गरेको छ । 
४ वर्षे कार्यकालका लागि २० सदस्यीय कार्यसमिति छनोट गरेको निर्वाचनको परिणाम सोमबार बिहान निर्वाचन अधिकृत विजयराज घिमिरेले घोषणा गरेका हुन् । संघमा आवद्ध ७८७ सहकारी संस्थाहरुका ४३२ मतदाता मतदानका लागि योग्ग थिए । आइतबारको निर्वाचनमा ४२१ जनाले मताधिकार प्रयोग गरेका थिए । वस्तुगत ११ संघहरु मध्येबाट जिल्ला दुग्ध संघका पुरुषोत्तम बजगाई निर्विरोध निर्वाचित भएका थिए । संघका १८ सञ्चालक समिति, ३ जना  लेखा समिति र एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । 
निर्वाचन संयुक्त प्यानलबाट केदार गोर्खाली श्रेष्ठ अध्यक्ष तथा रामशरणे बस्नेत उपाध्यक्ष उम्मेदवार तय गरी चुनावी प्रस्तिपर्धामा छ भने राजेन्द्र पौडेल अध्यक्ष तथा विभुषण शाक्य उपध्यक्ष रहने गरी अर्को समूह पनि प्रतिस्पर्धामा होमिएको थिए । 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार