शंकु खत्रीको लोभलाग्दो स्याउ र ओखर खेती

आइतबार, फागुन १५, २०७८

जुम्ला, १५ फागुन । चन्दननाथ नगरपालिका वडा नम्बर १० निवासी शंकु खत्रीले ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन् । उनले स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख रुपैयाँ बढीको आम्दानी गर्ने गरेका छन् ।

किसान खत्रीले स्याउ, ओखर र ओखरका बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्ष ७७ लाखको ओखरको बिरुवा बिक्री तथा तीन लाख बढीको ओखर उत्पादन गरेको बताए  । यस्तै ३ लाख बराबरको स्याउ उत्पादन गरेर बिक्री गरेको खत्रीको भनाइ छ । खत्री जुम्लाका एक उदाहरणीय  किसान  हुन् । 

यसअघि स्याउ व्यवसायीको रूपमा व्यवसाय सुरु गरेका किसान खत्री पछिल्लो समय ओखर व्यवसायमा अब्बल भएको छन् । विभिन्न जातका ओखरको उत्पादन गरेर वर्षेनी लाखौं आम्दानी गर्ने गरेको उनी बताउँछन् । बिरुवा उत्पादन, फल उत्पादनसहित नेपाली बजारमा ओखर तथा स्याउ पुर्‍याउने उनको लक्ष्य रहेको छ । ३२ हजार वर्गमिटरमा स्याउ र ओखर  खेतीको बगैँचा फैलाएको छ । 

सोही बगैँचाभित्र स्याउ तथा ओखर उत्पादन गर्ने थलाको रूपमा स्थापित गरिएको छ । किसान खत्री भन्छन्, 'बुवाको नाममा एक कित्ता जग्गा थिएन । दुई कित्ता जग्गा माते खेत खाम्थ्यौँ । तर, अहिले ६७ कित्ता जग्गा स्याउ र ओखरबाटको आम्दानीले जोड्न सफल भएको छु ।' उनले यही खेतीबाट नेपालगन्जमा सात लाखमा जग्गा किन्न छोरीलाई समेत सहयोग गरेको बताए ।

Avatar
 
१८ हजार ग्राफ्टिङ ओखरका बिरुवा उत्पादन

खत्रीको बगैँचामा यो वर्ष १८ हजार ग्राफ्टिङ ओखरका बिरुवा उत्पादन भएका थिए । जसमा ११ हजार बिरुवा प्रति बिरुवा सात सयका दरले ७७ हजारको बिक्री भइसकेको उनले बताए । ग्राफ्टिङ ओखरका बिरुवा अहिले सरकारी दर सात सय रुपैयाँ छ ।

खत्रीका अनुसार एक हजार चार सय बुटा ओखर रोपेकोमा तीन सय बिरुवा फल्न थालेका छन् । यस वर्ष ६ हजार पाँच सय दाना ओखर फलेको थियो । जसबाट करिब ६ लाख आम्दानी भएको छ । भिरालो जमिनलाई स्याउ र ओखरका बिरुवाले झन् बलियो बनाउने बताए । 

राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार

किसान खत्री राम्रो स्याउ उत्पादन गरेबापत राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत भएका छन् । वि.सं. २०७२ सालमा नेपाल सरकारले विराटनगरमा सम्पन्न नवौँ राष्ट्रिय कृषि मेलामा उनलाई उत्कृष्ट स्याउ किसानको पुरस्कृत गरेको थियो ।

यसैगरी मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट प्रथम राष्ट्रपति उत्कृष्ट किसानको रूपमा छनौटदेखि जिल्लामा पनि विभिन्न पुरस्कार पाएका छन् । 

ओखरको अनुसन्धान

किसान खत्रीले  आफ्नै बगैँचामा स्याउ तथा ओखरको थप अनुसन्धान थालेका छन् । उनले ओखरमा ग्राफ्टिङ गर्ने विधिदेखि जिल्ला बाहिर भएका ओखरका बिरुवा रोपेर फलाउने गरेका छन् । यस्तै जुम्लामा तीन वर्ष यता इटालीबाट ल्याएका स्याउ बिरुवा रोपेर उत्पादन हुन थालेको छ । 

उत्पादन बढाउन नि:शुल्क बिरुवा वितरण 

खत्रीले आफूले उत्पादन गरेको ओखरका बिरुवा किसानलाई नि:शुल्क वितरण पनि गर्ने गरेका छन् । खत्रीले शुक्रवार आफ्ना बुवा स्वर्गीय कर्ण जित खत्रीको जन्मदिनको सम्झनामा जुम्लाका २० किसानलाई पाँच-पाँच वटाका दरले ओखरका बिरुवा वितरण गरेका छन् । 

व्यावसायिक रूपमा किसान खत्री अब्बल भएपछि स्याउ बगैँचामा विज्ञसहितको सरोकारवालाको टोली जाने गरेको छ । शुक्रवार किसानलाई नि:शुल्क बिरुवा वितरण तथा अवलोकन गर्न पुगेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले किसान खत्री जुम्लाका एक नमुना किसान बनेको बताए ।

खत्रीको बगैचामा यो वर्ष १८ हजार ग्राफ्टिङ ओखरका विरुवा उत्पादन भएका थिए । जसमा ११ हजार बिरुवा प्रति विरुवा सात सयका दरले ७७ हजारको बिक्री भइसकेको उनले बताए । ग्राफ्टिङ ओखरका विरुवा अहिले सरकारी दर सात सय रुपैयाँ छ ।

खत्रीका अनुसार एक हजार चार सय बुटा ओखर रोपेकोमा तीन सय विरुवा फल्न थालेका छन् । यस वर्ष ६ हजार पाँच सय दाना ओखर फलेको थियो । जसबाट करिब ६ लाख आम्दानी भएको छ । भिरालो जमिनलाई स्याउ र ओखरका विरुवाले झन बलियो बनाउने बताए । 

राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको पुरस्कार

किसान खत्री राम्रो स्याउ उत्पादन गरेवापत राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत भएका छन् । वि.सं. २०७२ सालमा नेपाल सरकारकले विराटनगरमा सम्पन्न नवौ राष्ट्रिय कृषि मेलामा उनलाई उत्कृष्ट स्याउ किसानको पुस्कृत गरेको थियो ।

यसैगरी मध्यपश्चिम क्षेत्रिय कृषि निर्देशनालायबाट प्रथम राष्ट्रपति उत्कृष्ट किसानको रुपमा छनौटदेखि जिल्लामा पनि विभिन्न पुरस्कार पाएका छन् । 

ओखरको अनुसन्धान

किसान खत्रीले  आफ्नै बगैचामा स्याउ तथा ओखरको थप अनुसन्धान थालेका छन् । उनले ओखरमा ग्राफ्टिङ गर्ने विधीदेखि जिल्ला बाहिर भएका ओखरका विरुवा रोपेर फलाउने गरेका छन् । यस्तै जुम्लामा तीन वर्ष यता इटालीबाट ल्याएका स्याउ विरुवा रोपेर उत्पादन हुन थालेको छ । 

Avatar

उत्पादन बढाउन नि:शुल्क विरुवा वितरण 

खत्रीले आफूले उत्पादन गरेको ओखरका विरुवा किसानलाई नि:शुल्क वितरण पनि गर्ने गरेका छन् । खत्रीले शुक्रबार आफ्ना बुाव स्वर्गिय कर्ण जित खत्रीको जन्मदिनको सम्झनामा जुम्लाका २० किसानलाई पाँच-पाँच वटाका दरले ओखरका विरुवा वितरण गरेका छन् । 

व्यवसायिक रुपमा किसान खत्री अब्बल भएपछि स्याउ बगैचामा विज्ञसहितको सरोकारवालाको टोली जाने गरेको छ । शुक्रबार किसानलाई नि:शुल्क विरुवा वितरण तथा अवलोकन गर्न पुगेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले किसान खत्री जुम्लाका एक नमुना किसान बनेको बताए ।

Avatar

प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ०५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार