लुम्बिनी बौद्ध विश्वविद्यालयको बजेट ४२ करोड

सोमबार, फागुन ९, २०७८

काठमाडौँ, ९ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयको आज सम्पन्न १३औँ विश्वविद्यालय सभाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ४२ करोड ५५ लाखको बजेट पारित गरेको  छ । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाको अध्यक्ष र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सभामा रजिष्ट्रार डा तिलकराम आचार्यले सो बजेट पेस गरेका  थिए । सभाले बजेटसहित गत आर्थिक वर्षको आम्दानी खर्च विवरण अनुमोदन गरेको छ । रजिष्ट्रार आचार्यले वार्षिक प्रतिवेदन पेस गर्दै विश्वविद्यालयले गरेको शैक्षिक तथा भौतिक पूर्वाधार विकास विषयमा जानकारी गराए ।
विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले विषयवस्तु पेससहित स्वागत गर्र्दै बौद्ध विश्वविद्यालयले दीर्घकालीन योजनासहित प्राज्ञिक उन्नयनमा काम गरेको बताए । सभाले ११ वटा उपाधि स्थापना गर्ने निर्णय गरेको छ । त्यस्तै शैक्षिक प्रशासन, आर्थिक प्रशासन तथा सेवासम्बन्धी नियमावली संशोधनसम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  २३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार