बर्दिबास नगर खानेपानी समस्याबाट मुक्त हुन्छ : नगरप्रमुख कार्की

शनिबार, माघ २९, २०७८

महोत्तरी, ३० माघ  : दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताएका छन् । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा काम कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्कीले त्यसको तत्काल समाधान हुने बताए ।

आज बर्दिबास-१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको शिलान्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने गाउँ, चिसापानी, बम्जनटार, पिपल खोला, पूर्वी खोला, भाङ्ग्रे, झ्याउरे, पिपलदमा, पूर्वीखोला जस्ता ठाउँका झण्डै २ सय घरधुरीमा एक घर, एक धारो हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो परियोजनामा रोटरी कलबको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत रहनेछ । झण्डै ७५ लाख लागत अनुमान गरिएको उक्त परियोजनाबाट यस ठाउँका लगभग १२ सय जनसङ्ख्या लाभान्वित हुने प्राविधिक पक्षको सर्वेक्षण छ ।

रोटरी कलब अफ बर्दिबास र धुलिखेलको सहयोगमा ६० लाख रोटरी कलबको तर्फबाट बेहोरिने रोटरी कवल अफ बर्दिबासका सभापति विष्णु खडकाले जानकारी दिए ।

'नगरप्रमुख विदुर कार्कीसँग आउँदा पानीको अत्यन्त समस्या देखेपछि पानीको तत्काल सावधानको लागी हामी पहलकदमीमा लाग्यौ,' सभापति खडकाले भने ।

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार