सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १९ माघ । कोभिड(१९ को प्रभाव बढेसँगै बागमती गाउँपालिकाका तामाङ जातिहरुले आफ्नो राष्ट्रिय पर्व सोनाम ल्होसार घर घरमा नै बसेर मनाएका छन् । बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कोभिडका कारण जनस्वास्थ्यको ख्याल गर्दै पालिकाद्वारा औपचारिक लोसार कार्यक्रम गर्न रोक लगाएका कारण गाउँलेले घर घरमै बसेर लल्होसार मनाएको जानकारी दिए । विगतका वर्षहरुमा आफ्नो संस्कृतिको जगेर्नाका लागि प्रत्येक वडामा ल्होसार विशेष कार्यक्रम सञ्चालन गरिन्थ्यो । नयाँ वर्ष तथा राष्ट्रिय पर्वका रूपमा तामाङ जातिहरुले तीन दिनसम्म हर्षोल्लासका साथ यो पर्व मनाउने गर्दछन् । यस्तै वाग्मती गाउपालिका प्युटारका स्थानीय सरिता तामाङ भन्छिन्, हामीले यो पर्व नयाँ वर्ष एवम राष्ट्रिय पर्वका रुपमा मनाउछौं । तर कोभिड का कारण कुनै औपचारिक जमघट हुन पाएर । त्यसैले खल्लो भयो । यो पर्वमा घर आगन लिप्पोत गरि, नुहाइधुहाइ चोखो भएर पुजा गर्दै यो पर्व मनाइन्छ । गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुतप्रेतको पराजय होस भनेर कामना गरिन्छ भने मान्याजनबाट आशिर्वाद लिइन्छ ।