मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई १० कट्ठा जग्गा 

बिहीबार, फागुन १३, २०७७
Global Ime Bank

वाग्मती । वाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत अनुसन्धान केन्द्र सञ्चालनका लागि जमीनलगायतका पूर्वाधार उपलब्ध गराउन सम्झौता भएको छ । केन्द्र सञ्चालन गर्नका लागि प्रतिष्ठान र हेटाँैडा उपमहानगरपालिका–८ स्थित लोकतान्त्रिक ऐतिहासिक पार्क समितिबीच जग्गा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भई कार्य प्रक्रिया अगाडि बढाइएको हो । प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईका अनुसार उक्त पार्क  समितिले भोगचलन गर्दै आएको गर्नेगरी  सम्झौता भएको जानकारी दिइएको१० कट्ठा जग्गासहित भौतिक संरचना भोग  छ । तीस वर्षका लागि सो पार्कमा निर्माण भएको सभाहल, कार्यालय भवन र जग्गा निःशुल्क उपलब्ध गराउने सहमति भएको उनले जनाए ।  त्यहाँ स्वास्थ्य मेडिकल, मानवमा देखिने स्वास्थ्य समस्या, विभिन्न भाइरस तथा महामारीलगायतका क्षेत्रमा जनशक्ति व्यवस्थापन गरी अनुसन्धान गरिने बताइएको छ । सो केन्द्रमा संयोजकका साथै अल्पकालीन र दीर्घकालीनरुपमा योजनाका आधारमा अनुसन्धान केन्द्रमा जनशक्ति, विज्ञ, अध्ययनकर्ता र अनुसन्धानकर्ताको व्यवस्थापन हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार