बालकुमारी माई खोज्न सहयोग गर्नेलाई पुरस्कार 

शनिबार, माघ १५, २०७८
Global Ime Bank

ललितपर ।  बालकुमारी भवानी गुठीले ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति  खोज्नका लागि आवश्यक सूचना उपलब्ध गराई सहयोग गर्नेलाई पुरस्कार दिने भएको छ । 
गुठीद्धारा जारी अपिलमा मूर्ति खोजीका लागि सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थालाई पाँच लाखभन्दा कम नहुने गरी नगद पुरस्कार दिने जनाइएको छ । अपिलमा भनिएको छ,‘ मूर्ति हराए लगत्तै मूर्ति खोजीका लागि सम्बन्धित निकायले निरन्तर प्रयास गरिरहँदा पनि हालसम्म मूर्ति पाइएको छैन, तसर्थ,खोज कार्यलाई थप तीव्र बनाउन खोजी कार्यका लागि सहयोग पुग्ने सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थालाई पुरस्कारको व्यवस्था गरिएको छ ।  ’ गुठीले सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय अति नै गोप्य राख्ने उल्लेख गरेको छ । 
हराएको मूर्तिसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा मोबाइल नं ९८८१२१७७८६  मा सम्पर्क गर्न समेत गुठीले अनुरोध गरेको छ । गुठीद्धारा जारी अपिलमा सुनाकोठीबासी(वडा नं२६, २७)को आस्था र भरोसाको केन्द्र  ऐतिहासिक, धार्मिक धरोहर चोरी हुँदा हामी मर्माहत भएको उल्लेख गरिएको छ । सुनाकोठीवासी मर्माहत भएको जनाइएको छ । 

 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार