सप्तरीमा दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

शनिबार, माघ ८, २०७८

सप्तरी, ८ माघ : कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका- ७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, ´मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।'

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका- १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसंगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार