त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

बिहीबार, माघ ६, २०७८

काठमाडौं, ६ माघ : त्रिभुवन विश्वविद्यालयले कर्मचारी, प्राध्यापक तथा विद्यार्थीमा कोरोना संक्रमण दर तीब्र भएको कारण देखाउँदै उसले सञ्चाल गरेका परीक्षाहरु माघ ९ गते आइतबारदेखि अनिश्चित काल सम्मका लागि स्थगित गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज प्रेस विज्ञप्ति जारी गर्दै सबै तहका परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

त्रिविले विज्ञप्तिमा भनेको छ, 'त्रिविअन्तर्गत हाल सञ्चालन भईरहेका अधिकांश परीक्षाहरु सम्पन्न भइसकेका केही परीक्षा सम्पन्न हुने क्रममा र संचालनको पूर्व तयारी अवस्थामा रहेको र विश्वव्यापी रुपमा फैलिएको ओमिकोन भेरियण्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासंग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका कारण त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको मिति २०७३-१०-६ गते बसेको बैठकबाट हाल वि.वि.द्वारा संचालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही मिति २०७८ माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार