Dashain Banner
Dashain Banner

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन हेल्प डेस्क स्थापना

मंगलबार, माघ ४, २०७८

सप्तरी, ४ माघ: सप्तरीमा कोरोनाभाइरस संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणकाे प्रयास थालिएकाे छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला  स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव आफ्नै एन्टिजेन परीक्षण गरेर ट हेल्प डेस्क स्थापना गरेको हो। जिल्लासँग जोडिएको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाकाबाट पैदल यात्रुहरूको आवतजावत दिनहुँ हुने गरेपछि यस सीमा क्षेत्रमामा उच्च सतर्कता अपनाउन हेल्प डेक्स स्थापना गरिएको प्रजिअ गौतमले बताए। सप्तरीसँग जोडिएको नेपाल-भारत सीमामा आवतजावत खुला रहेको नाकामा शरीरको तापक्रम नापेर मात्र सर्वसाधारण लाई आवतजावत गर्न दिइएको छ।  उच्च तापक्रम तथा कोरोना लक्षण भएका व्यक्तिहरूलाई  एन्टिजेन परिक्षण गर्ने गरिएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए। यसअघिदेखि नै सप्तरीको तिलाठी कोईलाडी नाकामा हेल्प डेक्स स्थापना गरिएकाे छ । 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार