अटेर गरे हेल्प डेस्क राख्न सप्तरीका स्थानीय तहले 

बिहीबार, पुस २२, २०७८

सप्तरी २२ पुस : भारतमा कोरोनाभाइरस बढिरहेको बेला स्वास्थ्य हेल्प डेस्क राख्न सप्तरीका स्थानीय तहले अटेर गरेका छन् ।  भारतीय नाकाबाट नेपाल छिरेकाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेका बेला स्थानीय तहले हेल्प डेस्क राख्न अटेर गरेका हुन् । 

हेल्प डेस्क स्थापना गर्न निर्देशन दिए पनि स्थानीय तहले अटेर गरेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । 

तिलाठी कोइलाडी नाकामा एन्टिजेन परीक्षण भइरहे पनि अन्य नाकामा हेल्प डेस्क राख्न पालिकाहरूलाई आग्रह गरे पनि त्यसो हुन नसकेको उनको भनाइ छ । ‘पालिकाहरू यस्तो बेला सक्रिय हुनुपर्ने आवश्यक देखिए पनि तर ध्यान दिएको देखिँदैन,’ प्रजिअ गौतमले भने । 

यस विषयमा छलफल गर्न बिहीबार सर्वपक्षीय बैठक बोलाएको उनको भनाइ छ । सुरक्षा निकाय सक्रिय भएर सीमामा निगरानी गरिरहेको गौतमले जानकारी दिए । 

भारतमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि नेपाल फर्किनेको संख्या पनि बढिरहेका बेला सीमा जोडिएकासहितका स्थानीय तहले हेल्प डेस्क स्थापना गरेर कोरोना संक्रमण नियन्त्रणका लागि काम गर्न नसकेका हुन् । 

तिलाठी कोईलाडी, न्योर, अन्द्रामण्ठसहितका नाकाहरूबाट मानिसहरु भित्ररहेको राजगढ गाउँपालिकाका श्यामप्रित मण्डलले बताए ।

‘मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने स्वास्थ्य मापदण्डसमेत अपनाएको पाइँदैन । यस्तै अवस्था रह्यो भने भारत जस्तै नेपालमा पनि कोरोना संक्रमण बढ्नेछ,’ उनी भन्छन् । 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार