प्रधानसेनापति शर्मा स्वस्थ्य परीक्षणका लागि बिदा बस्दै

शुक्रबार, पुस १६, २०७८

काठमाडौँ, १६ पुस । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन् । मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको छ । उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिममा महासेनानी गुरुङ सर्वाेत्कृष्ट

प्रधान सेनापति महारथी प्रभुराम शर्माले तालिमले कमाण्ड तहको जिम्मेवारी पूरा गर्न सक्षम, प्रभावकारी एवं भविष्यमुखी नेतृत्वको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् । 
नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा सञ्चालन भएको दशौँ समूहको हाइयर कमाण्ड तथा व्यवस्थापनसम्बन्धी तालिमको आज जङ्गी अडडमा समापन गर्दै उनले शिक्षार्थीलाई रणनीतिक तथा अपरेसनल तहका नेतृत्वकर्ता, योजनाकार र सल्लाहकारका रूपमा समेत सक्षम बनाउने विश्वास व्यक्त गरे ।  दुई महिला सैनिक अधिकृतसहित ३५ महासेनानीको सहभागिता रहेको उक्त तालिम गत भदौ १३ गते सुरु भएको थियो । उक्त तालिममा महासेनानी सुरज गुरुङ प्रथम हुनुभयो भने महासेनानी विमलकुमार बस्नेतको शोधपत्र उत्कृष्ट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सेनामा सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । 
विसं २०७१ देखि नगरकोटस्थित सैनिक बार कलेजमा सञ्चालन हुँदै आएको यस तालिममा उक्त कलेजबाट हालसम्म नौ महिला सैनिकसहित जम्मा २७२ जना अधिकृत दीक्षित भएका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार