ललिता निवास जग्गा प्रकरणमा १२० जनाविरुद्ध पक्राउ पुर्जी

शुक्रबार, पुस १६, २०७८

काठमाडौँ, १६ पुस ।  ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले राससलाई जानकारी दिनुभयो । सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २१:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार