पाकिस्तानको कराँचीमा एएसआईसहित दुई जनाको गोली हानी हत्या

शुक्रबार, पुस १६, २०७८

इस्लामावाद, पाकिस्तान,  १६ पुस । पाकिस्तानको कराँचीमा शुक्रबार सिन्ध पुलिसका सहायक उपनिरीक्षक (एएसआई) सहित दुई जनाको गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यो घटना कराँचीको सोल्जर बजार नम्बर २ क्षेत्रमा भएको हो, जियो न्यूजले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पूर्व, कमर रजा जसकानीलाई उद्धृत गर्दै  लेखेको छ । 
पाकिस्तानी प्रकाशनका अनुसार पीडितहरू, जावेद बलोच र मोहम्मद मुकाद्दस मोटरसाइकलमा यात्रा गर्दै थिए जब दुईवटा मोटरसाइकलमा आएका चार संदिग्धहरूले उनीहरूलाई पछ्याए र उनीहरूमाथि गोली प्रहार गरेका थिए ।
मृत्यु हुनेहरू लियारीको चकीवारा गाउँपालिकाका बासिन्दा हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गोली प्रहारमा ९ एमएमको पेस्तोल प्रयोग गरिएको थियो । घटनास्थलबाट १३ थान ९ एमएमको पेस्तोल गोलाबारुद बरामद गरिएको  जियो न्यूजले जनाएको छ । प्रारम्भिक अनुसन्धानले व्यक्तिगत दुश्मनीका कारण घटना भएको देखाएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार