चिनियाँ विदेशमन्त्री वाङ यीले अफ्रिकी र एसियाली राष्ट्रको भ्रमण गर्ने  

शुक्रबार, पुस १६, २०७८

बेइजिङ, १६ पुस । चिनियाँ विदेशमन्त्री वाङ यी केही अफ्रिकी र एसियाली राष्ट्रको भ्रमणमा जाने भएका छन् । उनले यही जनवरी महिनाको ४ तारिखदेखि ७ सम्म ती देशको भ्रमण गर्न लागेका हुन् । उनी अफ्रिकाका इरिट्रिय, केन्या, कोमोरोसको भ्रमणमा जान लागेमन हुन् । चीनका विदेशमन्त्रीले नयाँ वर्षको सुरुमा अफ्रिकी देशहरुको भ्रमण गर्ने प्रचलन नै रही आएको बताइएको छ ।
 त्यसपछि उहाँले दक्षिण एसियाली मुलुक श्रीलंका र मालदिभ्सको पनि भ्रमण गर्ने बताइएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले बिहीबार सो विषयमा जानकारी दिएका हुन् । बिहीबार सो मन्त्रालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा विदेशमन्त्री यीको यस भ्रमणका बारेमा जानकारी दिएका हुन् ।–रासस/सिन्ह्वा    
 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार