तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो

बुधबार, पुस १४, २०७८

चितवन, १४ पुस । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ । खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो । ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ । घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार